गण्डकी प्रदेश सरकार

आन्तरिक मामिला तथा कानून मन्त्रालय

पोखरा, नेपाल

कार्यक्षेत्र


क्र.स.

कार्यजिम्मेवारी

1.   

प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य

2.   

अति विशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा

3.   

संघीय र प्रदेश सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय

4.   

प्रदेश प्रहरी सम्बन्धी कानून तर्जुमा, प्रदेश प्रहरीको सञ्‍चालन, व्यवस्थापन र नियमन

5.   

प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय

6.   

सामुदायिक प्रहरी

7.   

प्रदेशभित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन

8.   

अन्तराष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्‍लेषण र उपयोग तथा अन्तराष्ट्रिय सीमा सुरक्षामा सहयोग

9.   

संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजना तथा विष्फोटक पदार्थको नियमन

10.  

स्थानीय प्रशासनको सञ्‍चालन, व्यवस्थापन र समन्वय

11.  

निवारक नजरवन्द र स्थानहद सम्बन्धी

12.  

उपाधी, सम्मान तथा विभूषण सिफारिस

13.  

प्रदेश स्तरमा सार्बजानिक बिदा, उत्सव, उर्दि आदिको व्यवस्थापन

14.  

विपद व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद प्रतिकार्य, प्रदेश विपद व्यवस्थापन कोष स्थापना र संञ्‍चालन, स्थानीय विपद कोषमा सहयोग, तथ्याङ्क ब्यवस्थापन, अध्ययन तथा अनुसन्धान, विपद जोखिम क्षेत्र नक्साङ्कन र बस्ती स्थानान्तरण सम्बन्धी प्रदेशको नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन

15.  

प्रदेश अनुसन्धान व्युरो

16.  

प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरुको मानव अधिकारको संरक्षण र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी

17.  

प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनस्थापना सम्बन्धी